देउवा सरकारले ८८ औँ दिनमा पूर्णता पायाे,काे काे भए मन्त्री?

Nepal Om ३ वर्ष अघि
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन भएको ८८औँ दिनमा पूर्णता भएको छ ।शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले पूर्णता दिएका हुन्। करिब १८ महिना कार्यकाल रहेकाे सरकारलाइ मन्त्रिपरिषद् विस्तार गर्न मात्रै झन्डै तीन महिना लाग्याे ।

    राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकरी दिएको छ।देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो।

    माधवकुमार नेपाल नेतृत्वको पार्टीको बैधता, दल विभाजन अध्यादेश र मन्त्रालय भागबण्डामा अल्झिदा सरकार गठनमा ढिलाई हुँदै आएको थियो । सरकारको कार्यशैलीको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषदलाई पूर्णता दिन दबाब परेको हो ।