वैष्णोदेवी मन्दिरमा भागदौड, दुई महिलासहित १२ जनाको मृत्यु

Lok Bhatta २ वर्ष अघि
  • जम्मु काश्मिरको कटरास्थित माता वैष्णो देवी मन्दिरमा शनिबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । १२ मध्ये ११ जनाको शव परिवारलाई जिम्मा लगाइएको छ भने आवतजावतको पनि आवश्यक व्यवस्था मिलाइएको छ । जसमा २ जनाको शवलाई हेलिकप्टरबाट र बाँकी शव सडकबाट पठाइएको छ ।

    मृतकहरू दिल्ली, हरियाणा, पञ्जाब र एकजना जम्मु कश्मीरका बासिन्दा रहेको बताइएको छ । नयाँ वर्षको अवसरमा माता वैष्णोदेवीको दर्शन गर्न हजारौं भक्तहरू जम्मू पुगेका थिए । दिउँसो २.४५ बजे मन्दिरमा एक्कासी भागदौड भएको थियो । त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहबाहिर तीन नम्बरको गेटमा घटना भएको हो ।