मुस्लिम कट्टरपन्थीहरू द्धारा पाकिस्तानमा रहेको मन्दिर ध्वस्त

Lok Bhatta २ वर्ष अघि
  • सिन्धः इमरान खानका सबै दावीहरूको विपरीत, पाकिस्तानमा मुस्लिम कट्टरपन्थीहरूले फेरि एक पटक देशको हिन्दू मन्दिरलाई निशाना बनाएका छन् । पाकिस्तानको सिन्ध प्रान्तको थार पारकर जिल्लाको खत्री मोहल्लामा रहेको हिङ्लाज माताको मन्दिरलाई आइतबार मुस्लिम कट्टरपन्थीहरूले निशाना बनाएर ध्वस्त पारेको बताइएको छ । पछिल्लो २२ महिनामा पाकिस्तानमा हिन्दू मन्दिरहरूमा भएको यो ११ औं आक्रमण हो।

    यस हमलापछि पाकिस्तान हिन्दू मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थल पुगेर इस्लामिक कट्टरपन्थीहरू पाकिस्तानको सर्वोच्च अदालत र पाकिस्तान सरकारसँग नडराएको बताए । यसैबीच, मन्दिरमा भएको आक्रमणको विरोधमा हिन्दूहरूले विरोध ¥याली निकालेका छन् ।

    पाकिस्तानमा अल्पसंख्यकहरूको धार्मिक स्थलहरू प्रायः मुस्लिम कट्टरपन्थीहरूद्वारा लक्षित हुन्छन्। यो त्यतिबेला हो जब इमरान सरकारले अल्पसंख्यकहरूलाई संरक्षण दिइने दाबी गरेको थियो।