गर्मीले कसरी बढाउँछ जोखिम

Lok Bhatta २ वर्ष अघि
  • नेपालका अधिकांश स्थानमा र विशेषगरी तराईमा गर्मी बढ्दै गएको छ । गर्मी बढ्दै गएपछि लू का कारण चक्कर लाग्ने लक्षण देखिन्छ । लापरवाहीका कारण मृत्यु पनि हुन सक्छ । गर्मीको समयमा शरीरमा यस्ता धेरै परिवर्तन हुन्छन् जसले निकै नराम्रो प्रभाव पार्छ ।

    लू शरीरमा यसरी प्रभाव छोड्छ

    बीबीसीको रिपोर्टमा भनिएको छ, वातावरणमा गर्मी बढेसँगै यसको प्रत्यक्ष असर शरीरमा देखिन थाल्छ । तापक्रम सामान्य भन्दा बढी बढेसँगै गर्मीको लहर चल्न थाल्छ । यसको असर शरीरका विभिन्न भागमा रगत पु¥याउने रक्तनलीमा पर्न थाल्छ । जसका कारण रक्तचाप कम हुन थाल्छ । त्यसैले शरीरका विभिन्न भागमा रगत पु¥याउन मुटुले कडा मेहनत गर्नुपर्छ । जब यो परिवर्तन शरीरमा हुन्छ, हल्का लक्षणहरू देखिन थाल्छन्।

    यी लक्षणहरू देखिएमा सतर्क हुनुहोस्

    छालामा चाउरीपना, पसिना आउने, बेहोस हुने, सोच्ने क्षमता गुम्ने, टाउको दुख्ने, थकान, मांसपेशी कड़ापन जस्ता लक्षण देखिएमा सचेत हुनुहोस्। उच्च रक्तचापले हृदयघात र स्ट्रोकको कारण मृत्युको जोखिम बढाउँछ। सरल भाषामा बुझ्नुहोस्, बाहिरको तापक्रम जति बढी हुन्छ, शरीरले आफ्नो काम गर्नको लागि त्यति नै धेरै मेहनत गर्नुपर्ने हुन्छ। कडा परिश्रम गर्दा शरीरको क्षमता घट्न थाल्छ र मानिसले कमजोरी महसुस गर्न थाल्छ । फलस्वरूप, शरीरले बिस्तारै आफ्नो काम गर्न छोड्छ ।

    गर्मीको अवस्थामा के गर्ने

    रिपोर्टका अनुसार गर्मीबाट बच्न शरीरमा पानीको कमी हुन नदिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यसो गरेमा बेहोस हुने वा चक्कर लाग्ने अवस्था हुँदैन । बेलायती स्वास्थ्य एजेन्सी एनएचएसले गर्मी स्ट्रोकको अवस्थामा पहिले बिरामीलाई चिसो ठाउँमा लैजाने बताएको छ । उसलाई पानी वा रिहाइड्रेसन पेय दिनुहोस् । भिजेको कपडाले शरीर पुछ्ने । घाँटीमा चिसो प्याक लगाउनुहोस् । यदि बिरामीको अवस्था ३० मिनेट भित्रमा सुधार भएन भने, तुरुन्तै स्वास्थ्य संस्था लैजानुपर्छ अथवा बिशेषज्ञको सल्लाह लिनुपर्छ ।

    गर्मीबाट कसरी बच्ने ?

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गर्मीबाट बच्न उच्च तापक्रम भएका बेला बाहिर ननिस्कन भनेको छ । यस्तो अवस्थामा धेरै शारीरिक गतिविधि नगर्नुहोस्। दिउँसो घरमै बस्दा राम्रो हुन्छ । शरीरमा पानीको कमी हुन दिनु हुँदैन । एकैपटक धेरै खानेकुरा खानुको सट्टा टुक्रा टुक्रा गरेर खाने । अल्कोहल, चिनी र क्याफिन भएको चीजहरू नखानुहोस् । अधिक तेल–मसालेदार खानेकुरा नखानुहोस् ।