श्रीलंका ऐतिहासिक आर्थिक संकटबाट गुज्रिदै

Lok Bhatta २ वर्ष अघि
  • श्रीलंका ऐतिहासिक आर्थिक संकटबाट गुज्रिरहेको छ । खाद्यान्नदेखि इन्धनसम्म सबै वस्तुको मूल्य ह्वात्तै बढेको छ र अहिले पाउन पनि गाह्रो भएको छ । इन्धन अभावका कारण सवारीसाधनको पाङ्ग्रा रोकिएका छन् । यस्तो अवस्थामा जीवनको गतिलाई कायम राख्न मानिसहरु विकल्पका रुपमा साइकल रोज्न थालेका छन् ।

    साइकल अहिले दैनिक कामका लागि पहिलो रोजाइ बन्दै गएको छ । मुद्रास्फीति र अभावले यसो गर्न बाध्य बनाएको छ । सामान्य र विशेष व्यक्तिले साइकललाई अत्यावश्यक कामको सपोर्ट बनाउँदैछन् ।

    पेट्रोलका लागि घण्टौं लाइनमा बस्न नपाएको जनता बताउँछन् । लाइनमा बसेर पनि पेट्रोल डिजेल पाइँदैन । यस्तो अवस्थामा राजधानी कोलम्बोका एक ग्राहकले धेरैले साइकल र सार्वजनिक सवारी साधनमा आवतजावत गर्न थालेको बताए । देशमा साइकलको माग पनि लगातार बढिरहेको छ ।

    श्रीलंकाका जनतालाई अन्नको लालसा भएको छ । टमाटर प्रतिकिलो एक हजार र आलु प्रतिकिलो आठ सयमा बिक्री भइरहेको अवस्था छ । जनताले न ग्यास पाउँछन् न बिजुली । जनता काठको चुलोमा खाना पकाउन बाध्य छन् । चीनको प्रभावमा रहेको श्रीलंका सरकारको गलत निर्णयका कारण यस्तो अवस्था आएको कोलम्बोका जनताले बताएका छन् ।