आज साउनको तेस्रो सोमबार शुभ योगमा व्रत

Lok Bhatta २ वर्ष अघि
  • आज साउन सोमबार शिवयोग  छ । यस्तो अवस्थामा भगवान शिवलाई प्रसन्न गर्न साउनको तेस्रो सोमबार केही चीजहरू अर्पण गर्न नभुल्नुहोला। जस्तै दूध, दही, घिउ, सेतो आक फूल, गंगा जल, मदार फूल, बेलको पात, चन्दन, मह र चिनी ।

    शिवलिंगमा दूध चढाउँदा स्वास्थ्यको वरदान प्राप्त हुने जनविश्वास छ । दहीको अभिषेकले जीवनमा सुख, शान्ति र समृद्धि ल्याउँछ। घिउको अभिषेक गर्नाले वंशको वृद्धि हुन्छ । र सेतो फूल चढाउँदा मोक्ष प्राप्त हुन्छ।

    आज साउन महिनाको तेस्रो साउन सोमवार व्रत र भोलि नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन शिवयोग पनि बनाइन्छ। नागपञ्चमीको दिन नामपञ्चमीको दिनलाई कालसर्प दोष हटाउन विशेष मानिन्छ । यस दिन नागदेवताको पूजा गरिन्छ ।