पितृपक्षमा यी रुखको पूजा गर्नाले पितृको आशीर्वाद प्राप्त हुनेछ

Lok Bhatta २ हप्ता अघि
  • पितृदोषबाट मुक्ति पाउन र पितृहरूलाई प्रसन्न पार्न यस अवधिमा केही रुखको पूजा गर्नु राम्रो मानिन्छ। ज्योतिष शास्त्र अनुसार यी रुखको पूजा गर्नाले काममा सफलता मिल्छ । यसमा बरगद, पीपल र बेल रुख आदि पर्दछन् । यहाँ जान्नुहोस् पितृ पक्षमा यी रुखको पूजा गर्नुको के महत्व छ ।

    बरगद – बरगदलाई बर पनि भनिन्छ। पितृपक्षमा यो रुखको पूजा गर्नाले पितृको आत्मालाई शान्ति मिल्छ। पितृ पक्षमा कालो तिल पानीमा मिसाएर बरको रुखमा चढाउनुपर्छ । यसबाट पितृको आत्मा सन्तुष्ट हुने जनविश्वास छ ।

    पिपलको रूख – पितृ पक्षमा पिपलको रूखको पूजा गर्दा पितृदोषबाट मुक्ति मिल्छ। यस अवधिमा नियमित दिउँसो पानीमा दूध मिसाएर पीपलको रुखमा चढाउनुपर्छ । बेलुकी पिपलको रुखमुनि तोरीको तेलको दियो बाल्नुहोस् । पितृ सुक्तको पाठ गर्नुहोस्।

    बेलको रुख – बेलको बिरुवा रोपेर नियमित स्याहार गर्नाले पितृहरू प्रसन्न हुने जनविश्वास छ । पितृ पक्षमा दैनिक बिहान पानीमा गंगाको जल मिसाएर बेल बिरुवालाई अर्पण गर्नुहोस्। यसो गर्नु निकै शुभ मानिन्छ ।