मिश्रले राप्रपाको कुन पद पाउने भन्ने सार्वजनिक भएको छैन

Lok Bhatta २ वर्ष अघि
  • रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश हुँदै छन् । दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको हो । उनले विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष थिए । अध्यक्ष्य पदबाट राजिनामा दिइसकेका मिश्र राप्रपामा प्रवेश गर्दैछन् ।

    मिश्रले राप्रपाको कुन पद पाउने भन्ने सार्वजनिक भएको छैन । उनी तेस्रो वरियतामा रहने बताइएको छ ।

    राप्रपाले र मिश्रले भने यसलाई ‘एकता’को कार्यक्रम भनेका छन् । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए छन् ।