विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

Lok Bhatta १ वर्ष अघि
  • कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न निगमले सूचना जारी गर्दै अनुरोध गरेको छ ।

    पछिल्लो समय चिन लगाएतका देसहरुमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन लागेका समाचारहरु प्रकाशनमा आइरहेका छन् । नेपाल सरकार सँग बुस्टर मौजुद छैन । यस अवस्थामा सरकारले कोरोना फैलनमा कुनै कदम अघि नसारेमा संक्रमण फैलन सक्ने शंकाहरु पनि बढ्न थालेका छन् ।