राष्ट्रियसभाको उपाध्यक्ष पदमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

Lok Bhatta १ वर्ष अघि
  • राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

    आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट उर्मिला अर्याल मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।  उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् । प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् ।