अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

arjun ८ वर्ष अघि
  • मेलम्ची, ११ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा लिएको हो ।

    बिना इजाजतपत्र अवैध रूपमा काठ ओसारपसार गर्ने मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्कासहित सन्दीप रोक्का पक्राउ परेका हुन् । रातको समयमा अवैध रूपमा काठ निकासी हुँदै गरेको सूचनाका आधारमा इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानासहितको टोेलीले उक्त काठ बरामद गरेको हो ।