पाकिस्तानमा तेल ट्यांकरमा आगलागी, कम्तीमा १४० जनाको मृत्यु

arjun ८ वर्ष अघि
  • एजेन्सी, ११, असार । पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १४० जनाको मृत्यु भएको छ ।पाकिस्तानको एक सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १४० जनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।

    पाकिस्तानी अनलाइन डनका अनुसार ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु आगलागीमा परेका छन् । ट्यांकरबाट तेल चुहिएको खबरपछि ठूलो संख्यामा महिला र बालबालिका तेल जम्मा गर्न गर्न पुगेका थिए । दुर्घटनामा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेका छन् ।