माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता :प्रधानमन्त्री देउवा

arjun ८ वर्ष अघि
  • काठमाण्डौ,१८ असार ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    आज त्रिभुवन विश्वविद्यालयको ५८ आंंै वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता महसुस भएको अनुभूति पनि सुनाए । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयले रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन अहिलेको अनिवार्य आवश्यक्ता भएको पनि स्मरण गराए ।