फिफा वरीयतामा नेपाल एक स्थान तल झर्दै १७०औ स्थानमा

arjun ८ वर्ष अघि
  • काठमाण्डौ,२२ असार । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो।

    ११७ अंक रहेको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ। गत जुनमा एएफसी एसिया कप छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले एक अंक थप गरेपनि वरीयतामा भने एक स्थान तल र्झयो।