
काठमाडौं,२३ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अव पनि सरकारको नेतृत्व एमालेले नलिए देश गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन । उपाध्यक्ष गौतमले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि एमाले नेतृत्वमा सरकार नबने मुलुक गम्भिर दुर्घटनामा जाने चेतावनी दिएका हुन
। उपाध्यक्ष गौतमले एमाले मुलुकको परिवर्तन र अग्रगमनकारी शक्ति भएकाले जनताले यसलाई रुचाएको दावी समेत गरे । उपाध्यक्ष गौतमले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्ने उल्लेख गरे । उनले जनताले चाहेकाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि एमालेले बहुमत ल्याउने दावी पनि गरे । उपाध्यक्ष गौतमले जनविरोधी शक्तिहरुले एमालेलाई अघि बढन नदिएको आरोप पनि लगाए । आज ( शुक्रबार) एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले एमालेले मात्रै जनता र राष्ट्रको हित गर्ने दावी पनि गरे ।