सरकारले गुठीलाई १६ अर्ब तिर्न बाँकी

NepalOm ५ वर्ष अघि
  • सरकारले नेपाल गुठी संस्थानलाई बुझाउनुपर्ने रकम १६ अर्ब नाघेको छ।

    भूबहाल, मुआब्जा, क्षतिग्रस्त सम्पदा पुनर्निमाणको रकम नपाउँदा संस्थानलाई आर्थिक समस्या परेको खबर आजको कान्तिपुरमा छ।

    २०४५ सालको भूकम्पले क्षति पुर्याएका संरचना बनाउन लागेको खर्चसमेत नपाएको संस्थानले जनाएको छ।