क्याल्सियमको कमी पूरा गर्ने पाँच खानेकुरा

NepalOm ४ वर्ष अघि
  • nepalom.com

    सुन्तला

    सुन्तलामा अन्य फलफूलको तुलनामा क्याल्सियमको राम्रो मात्रा पाइन्छ । भिटामिन ए, बी, पोटासियमजस्ता तत्व पार्इने सुन्तला खाँदा अपचको समस्या पनि टाढा रहन्छ । पेटको दुख्छई र ग्यासको समस्या छ भने सुन्तलाको सेवन उत्तम मानिन्छ । सुन्तलामा भएको क्याल्सियमले दाँतलाई पनि स्वस्थ राख्छ । हड्डीको रोगमा पनि डाक्टरले सुन्तला खाने सल्लाह दिन्छन् । सुन्तलामा भएका भिटामिनले हड्डीलाई कमजोर हुन दिँदैन ।

    ब्रोकली
    ब्रोकलीमा क्याल्सियमको भरपुर मात्रा हुन्छ । क्याल्सियमबाहेक ब्रोकलीमा आइरन, भिटामिन ए, सीजस्ता पोषक तत्व पनि पाइन्छ । क्याल्सियमको कमीले तनाव बढ्ने गर्छ तर ब्रोकलीमा फोलेटको राम्रो मात्रा पाइन्छ जसका कारण मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

    किवी
    किवीमा ६० मिलिग्राम क्याल्सियम पाइन्छ । किवीको जुस पनि पिउन सकिन्छ । किवीलाई सलादको रुपमा पनि समावेश गर्न सकिनेछ । किवी खाँदा प्लेटिलेट्स पनि बढ्छ । जसको प्लेटिलेट्स कम हुन थाल्छ ।

    पालुङ्गोः

    पालुङ्गो खाँदा हड्डी बलियो हुन्छ । यो खाँदा हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । पालुङ्गोमा भिटामिन के, फोलेट, बिटा क्यारोटिनजस्ता पोषक तत्व पाइन्छ । पालुङ्गोले आँखाको ज्योति निकै राम्रो बनाउँछ । यसमा नाइट्रेटको मात्रा पाइन्छ जसले रक्तचाप नियन्त्रणमा रहन्छ र मुटुरोग पनि टाढा राख्छ । पालुङ्गोको तरकारी कम मसलामा तयार गरिन्छ । पालुङ्गोले प्रतिरोधी क्षमता पनि बढाउँछ ।

    हरियो पत्तेदार सागसब्जीः

    दैनिक बिहान १ कचौरा हरियो पत्तेदार सागसब्जी खादा १०० मिलिग्राम क्याल्सियम पाउन सकिन्छ । मौसमी बन्दागोभी, मूला, मेथीको सागजस्ता हरियो सागसब्जीमा क्याल्सियम धेरै पाईन्छ । हरियो सागसब्जीमा आइरनको मात्रा पनि अत्यधिक हुन्छ ।