सरकारसंग वार्ता गर्न विप्लव तयार

NepalOm ५ वर्ष अघि
  • nepalom.com

    काठमाडौँ। सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका ‘विप्लव’ ले सरकारसंग बार्ता गर्ने हरियो संकेत दिएको छ । महासचिव नेत्रविक्रम चन्दले शनिबार एक बिज्ञप्ती निकाल्दै सहज वातावरण बनेको खण्डमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन्।

    जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ।’

    सरकारले चन्द समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइएको छ। केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार गएर भेटेका थिए। सरकारले २०७५ फागुन २८ मा नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो।