अरुभन्दा राष्ट्रवादी मै छु ।
चितवन, असार २८ ।
पार्टीभित्र तिव्र विवादका कारण स्थायी समिति नै अनिश्चित भएको बेला नेकपा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चितवन पुगेर कोही महान् राष्ट्रवादी छु भन्ने सपना नदेख्न चेतावनी दिए । बाढीका कारण डुवानमा परेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका दाहालले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै अरुलाई दलाल भन्दै आफू महान राष्ट्रवादी नठान्न आग्रह गरे । सडकमा केही मानिस उतारेर कसैका पक्षमा जिन्दावाद र विपक्षमा मूर्दावाद नारा नलगाउन कार्यकर्तालाई समेत आग्रह गरे ।
मैलें नै चीनसँग बीआरआइ सम्झौता गरेको हुँ
नेकपा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुदाँ चीनसँग वेल्ट एण्ड रोग इनिसिएटिभ अर्थात वीआरआइ सम्झौता गरेको भन्दै के यो लम्पसारवाद थियो भन्दै प्रश्न गरे । नेपाली सेनालाई फाष्ट्र ट्रयाकको जिम्मा मैलै नै दिएको हो भन्दै दाहालले के यो राष्ट्रघाती थियो ? भनि प्रश्न गरे । उनले भने– “अरुभन्दा राष्ट्रवादी मै छु” ।