ईम्यूनीटि बलीयो बनाउने १८ खानेकुरा – डा. हेमराज कोइराला

NepalOm ३ वर्ष अघि


  • आज पुरै विश्व कोभिड–१९ को आक्रमणबाट आक्रान्त छ । हाल लाखौ मानिसको ज्यान लिईसकेको यो रोगलाई विश्व मानव समुदायले के कसरी नियन्त्रणमा लिनेछ भन्ने प्रश्न अनुत्तरित नै छ तर जसको प्रतिरक्षा प्रणाली ससक्त छ उसलाई यो रोगले त्यत्ति बिध्न ग्रसित बनाउन सक्दैन र हत्तपत्त ज्यान गई हाल्दैन । यसको ठिक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएका हरूलाई यो रोगले ज्यादा भन्दा ज्यादा ग्रस्तपार्ने एवं ज्यानै पनि जान सक्ने सम्भावना रहन्छ । यसर्थ प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुको विकल्प छैन । प्रतिरक्षा प्रणाली भोजन, ब्यायाम र विश्राम, विचार एवं व्यावहारको सन्तुलित एवं समुचित उपयोगले सवल बन्दछ । प्रतिरक्षा प्रणाली सबल भएको खण्डमा कोरोना भाईरस रोगलाई समेत सजिलै जित्न सकिने हुनाले यो रोग लागेकाले वा लाग्न सक्ने सम्भावना बोकेका हरूले निम्न लिखित खानेकुरा हरूलाई आफ्नो खानामा समाबेस गर्नुपर्ने हुन्छ ।
    १. अमलाः अमला सबल प्रतिरक्षा प्रणालीको लागि अमला अत्यन्त लाभदायक फल हो। अमलाको नियमित सेवनले शरीरमा भिटामिन, मिनरल्स, फाईबर र एण्टिअक्सिडेण्टको भरपुर मात्रामा आपुर्ती गर्दछ।अमलामा प्रतिरक्षा प्रणालीको लागि अति आवश्यक भिटामीन सी पाईन्छ।यसै गरि सेलेनियम, क्रोमियम, तामा, जिङ्क जूस्ता थुप्रै ईम्यूनीटि बलीयो पार्ने खनिज पदार्थ पनि पाईन्छ।
    २. स्याऊः स्याउलाई फलहरूको राजा त्यसै भनेको होईन । स्याऊमा अनेकौ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् ।भिटामिन ए, बी, सी का अलावा स्यााऊमा घुलनशिल रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ। स्याऊमा पाईने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टिेरियाहरूलाई पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमण संग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा मद्यत पु¥याउदछ।
    ३. आँपः आँप पनि प्रतिरक्षा प्रणालीको लागि अत्यन्त लाभदायक खानेकुरा हो। आँपमा प्रतिरक्षा प्रणालीको सबलिकरणका लागि चाहिने भिटामिन सी, भिटामिन ई, बिटा–क्यारेटिन, पोटासियम, भिटामिन डी, भिटामिन बी कम्प्लेक्सेस पनि पाईन्छ। आँपको सेवनले तुरून्त शक्ति पनि दिन्छ।
    ४. भूईकटहरः भूईकटहर पनि धेरैवटा पोषक तत्वहरूले भरपुर भएको फल हो। यसमा प्रशस्त मात्रामा क्यालोरी,कार्बोहाईड्रेट्स, चिल्लो प्रोटिन र खाद्यरेशा पाईन्छ। यसैगरि भिटामिन बी कम्प्लेक्सेस, भिटामीन सी र म्यागनीज, तामा, सोडियम, पोटासियम, म्याग्नेसियम जस्ता खनिज तत्वहरू पनि पाईन्छ। यी सबै पोषक तत्वहरूले प्रतिरक्षा प्रणालीलाई सबल बनाउन मद्यत गर्दछ। भूईकटहरको गुभोमा ब्रोमेलिन नामम घाउ खटिरा ठिक पार्ने र प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने तत्व पाईन्छ।
    ५. अमिला फलफूलः कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलपूmलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी,चिसोको एलर्जी, झाडापखाला, न्यूमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो टिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ।
    ६. मेवाः मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलपूmल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ। भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ। यसका अलावा मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाईरस संक्रकणलाई निस्तेज गर्न मद्यत गर्दछ ।
    ७. किबीः किबी पनि प्रतिरक्षा प्रणाली सबल बनाउने फल हो। यसमा पनि प्रसस्त मात्रामा भिटामिन सी, भिटामिन बी र भिटामिन के पाईन्छ। यसैगरि यसमा पाईने एण्टिअक्सिडेण्ट मिनरल्स र अन्य फाईटोकेमिकल्सले पनि ईम्यूनीटिलाई ससक्त बनाउदछ।
    ८. पालुङ्गोः पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ता खनिज एवं लवण हरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो । यी द्रब्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्यत गर्दछ । ब्रोकली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्टहुने खालका भएकाले यसलाई पकाउदा कम तापमा पकाउनु पर्ने हुन्छ ।
    ९. रातो भेडे खोर्सानीः हामी सबैले अमिला फलपूmललाइ भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौ तर अमिला फलपूmल भन्दा रातो भेडेखोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्र्रतिरक्षा प्रणालीलाई मजबुत गर्न मद्यत गर्दछ ।
    १०. ब्रोकलीः ब्रोकली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकलीमा प्रचूर मात्रामा ९१०० ग्राममा ८९ मि।ग्रा।० भिटामिन सी पाईने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकाशमा महत्वपूर्ण भूमिका अदाँ गर्दछ ।
    ११. अङ्कुरित गेडागुडीः अङ्कुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पु¥याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अङ्कुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टि अक्सिडेण्ट पाईन्छ। एण्टिअक्सिडेण्टले भाईरस संक्रमण पश्चात क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्ने गर्दछ। यसैगरि अङ्कुरित गेडागुडीमा नउम्रिएको गेडागुडी भन्दा धेरैमात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन सि, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाईन्छन्। यी तत्वहरूको प्रयोगले कोरोना भाईरसको संक्रमण कम गर्न मद्यत गर्दछ।
    १२. बदामः बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।
    १३. फर्सीको बियाँः फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन तर हामी मध्येले फर्सी खान जानेका छौ तर फर्सीको बियाँ खान जानेका छौनै । वास्तवमा फर्सी भन्दा फर्सीको बियाँ कयौ गुण पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६ याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाईन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउदछ ।
    १४. जडिबुटी चियाः तुलसी चिया, रोजमेरी चिया, अर्जुन चिया, विजयसालको चिया वा हरियो चियाको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउदछ । जडिबुटी चियामा प्र्रशस्त मात्रामा लेभेनोईडस पाईन्छ । लेभेनोईडसले एण्टि–अक्सिडेण्टको काम गर्दछ । यसका अलावा जडिबुटी चियामा एपि–ग्यालो–क्याटाचिन–ग्यालेट ९भ्न्ऋन्० र ी९ त्जष्बलष्ल नामक द्रव्य पाईन्छ । यी दुबै द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन ।
    १५. अदुुवाः घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउदा, प्रदाह एवं शोथ ग्रस्त हुदाँ अदुवाको प्रयोग शदिऔ देखि हुदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पिडा कमगर्नुका साथै प्रदाह एवं शोथलाई पनि कमगर्न मद्यत गर्दछ । अनुशंधानहरूले दर्शाय अनुरूप अदुवाले अति सक्रिय प्रतिरक्षा प्रणालीलाई कमगर्न र निष्क्रिय प्रतिरक्षा प्रणालीलाई सक्रिय गर्ने काम गर्दछ ।
    १६.लसूनः लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई महसुुस गरेरनै हाम्रा पिता पुर्खाहरूले लसुनलाई औषधि एवं मसलाको रूपमा युगौ देखि प्रयोग गर्दै आएका हुन् । यस वनस्पतिलाई रोग प्रतिरोधक औषधिका रूपमा सबैले स्वीकारी सकेका छन् ।रूघा मर्की लाग्दा, चिसोले सताउदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाईन्छ । यसरी औषधिय गुुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्टहुनेखालका भएकाले काचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो। यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्टगर्न मद्यत गर्दछ ।
    १७. सहीजनः सहीजन पनि प्रतिरक्षा प्रणालीको सबलीकरणको लागि अत्यन्त महत्वपूर्ण फल हो। सहीजनमा ९० भन्दा ज्यादा बायो एक्टिभ तत्वहरू पाईन्छ। सम्पूर्ण पोषक तत्वहरूले भरिपूण भएकाले यसलाई प्राकृतिक मल्टिभिटामिन पनि भनिन्छ।प्रशस्त प्रोटिन, क्यलसियम, सेलेनियन, जिङ्क, तामा, क्रोमीयम जस्ता खनिज, धेरै प्रकारका एमाईनो एसिड, भिटामीन सी, आदिले प्रतिरक्षा प्रणालीलाई सबल बनाउदछ।
    १८. सूठूनीः सूठूनीको सेवनले प्रतिरक्षा प्रणालीलाई सबल बनाउदछ। यसमा प्रशस्त मात्रामा भिटामीन सी, भिटामिन बी कम्प्लेक्सेस, एन्थोसाईन्स आदि पाईन्छ। यसै गरि यस फलमा फाईबर र एण्टिअक्सिडेण्ट पाईन्छ।
    [ लेखक भरतपुर महानगरपालिका –१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ]