सन्यासीले बनाए अन्तर्राष्ट्रिय स्तरको भजन भिडियो

NepalOm २ वर्ष अघि

  • काठमाडौं ।
    नेपालीले बनाएको हिन्दी भाषको एउटा भजन हालै सार्वजनिक भएको छ । मानव जिवनको लागि अती आवस्यक ध्यानलाई मुख्य बिषय बनाइएको भजनको भाषा जस्तै क्वालिटी पनि कुनै हिन्दी गितको भिडियो भन्दा कम छैन ।
    सार्वजनिक ध्यान करो बोलको भजनमा आत्म निरब अर्थात् मामा स्वामी को शब्द सङ्गीत रहेको छ भने उदयराज पौडेलको सङ्गीत संयोजन, प्रकाश मिश्रको मिक्सिङ मास्टरिङ्ग रहेको छ ।
    नेपालका चर्चित गाएक गायिकाहरु विश्व नेपाली, बानिका प्रधान, निशान भट्टराई, प्रविण बराइली, अनु चौधरी, लाबोनी चक्रोवर्ती, , बेनिसा पौडेल, प्रितम राई, मीना निरौला, राज सिग्देल, शशी विक्रम थापा आदीको स्वर समेटिएको भजनमा भारतीय गायक आत्मो सङ्गीतको समेत स्वर रहेको छ । यस्को साथ अन्य थुप्रै ओशो सन्यासीहरुले पनि भजनमा स्वर दिएका छन् ।

    प्रकाश मिश्र र प्रविण वराइलीको परिकल्पनार निर्देशनमा तयार गरिएको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन, नवराज उप्रेतीको छायाङ्कन र नवीन निरौलाको सम्पादन रहेको छ।

    भिडियोमा सयौं ओशोप्रेमी तथा सन्यासीहरुको सामूहिक अभिनय रहेको छ । काठमाडौंको ओशो तपोवनमा खिचिएको भिडियोमा तपोवनको सुन्दरतालाई निकै मनमोहक ढंगबाट देखाइएको छ । साथै बैशाष एक गते काठमाडौंको टुडिखेलमा आयोजना गरिएको सेलिब्रेशन कार्यक्रमको दृश्यहरु पनि भिडियोमा देख्न सकिन्छ जहाँ दश हजार भन्दा बढीले मरुन ड्रेस लगाएर सामूहिक ध्यान गरेका थिए ।

    मानव जीवनको सभ्यताको विकास सँगै ध्यान तनाव मूक्तिको लागि एउटा सरल माध्यम हो जसले मानवीय जीवन पद्धतिलाई सुखान्त तिर रुपान्तरण गर्छ। परापूर्व कालमा ध्यानलाई अति महत्वपूर्ण रुपमा लिइन्थ्यो अहिले समाजमा बढेको बिकृती , नैराश्यता आदिले ध्यानको अती जरुरी भै सकेको अवस्था छ ।