आज कामिका एकादशी व्रत, महत्व जान्नुहोस

Lok Bhatta २ वर्ष अघि
  • हिन्दू धर्ममा एकादशीको विशेष महत्व रहेको र वर्षमा कुल २४ वटा एकादशी व्रत हुने गर्दछ । पञ्चांगका अनुसार साउन महिनाको कृष्ण पक्षमा पर्ने एकादशीमा कामिका एकादशी व्रत बस्ने गरिन्छ । यस वर्ष कामिका एकादशी व्रत आज मनाइँदैछ । साउन महिनामा पर्ने यो एकादशीका धेरै विशेषता छन् । कामिका एकादशीमा भगवान विष्णुको आराधना गर्नाले श्रीहरि विष्णुले आफ्ना भक्तहरूको सबै मनोकामना पूरा गर्नुहुन्छ।

    धार्मिक मान्यता अनुसार कामिका एकादशीको व्रत राख्ने व्यक्तिको जीवनमा भएका सबै पापबाट मुक्ति हुनुका साथै आशीर्वाद पनि प्राप्त हुन्छ । साउन महिनामा पर्ने यो एकादशीलाई विशेष मानिन्छ । कामिका एकादशीको महत्व बारेमा जानौँ ।

    कामिका एकादशी व्रत श्री हरि विष्णुलाई समर्पित छ। यस व्रतलाई विधि-विधानका साथ पालन गरेमा जीवनमा आउने सबै बाधाहरू हट्ने जनविश्वास रहेको छ । कामिका एकादशीको पूजा गर्दा पितृको पनि कल्याण हुन्छ । एकादशीको दिन दान गर्दा पनि लाभ हुन्छ । कामिका एकादशीको दिन यो व्रत राख्ने व्यक्तिको जीवनमा आउने सबै संकट हटेर मोक्ष प्राप्त हुन्छ ।