प्रचण्डले रविलाई भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

Lok Bhatta १ वर्ष अघि
  • गृह मन्त्रालय पाउनैपर्ने अडान राखेर केही दिन देखि दौडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । फर्किदा उनी निराश भएर फर्केका छन् । उनलाई प्रचण्डले अहिले मन्त्री बनाउन नसक्ने जवाफ दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    लामिछानेको नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचन्डले उनलाई मन्त्री बनाउन अस्विकार गरिरहेका छन् ।
    रास्वपा अहिले सत्तामा बस्ने वा छाड्ने भन्ने बिषयमा आन्तरिक छलफमा जुटेको छ ।