आज राति १२ बजेदेखि मौन अवधि, चुनावी प्रचार गर्न नपाइने

arjun ८ वर्ष अघि
  • काठमाडौ,११ असार । स्थानीय तह दोसा्रे चरणको निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ ।निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

    यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुनेमा समेत आयोगले सचेत गराएको छ ।