देशलाई कदापि बिखण्डन हुन दिँदैनाै : प्रधानसेनापति क्षेत्री

arjun ८ वर्ष अघि
  • काठमाण्डौ,१२ असार । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणले मुलुकलाई एकताको सूत्रमा बाँधे जस्तै नेपाली सेनालाई पनि संविधानले नै राष्ट्रिय एकता, सुरक्षा गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै सेनाले कदापि बिखण्डन हुन नदिने दृढता व्यक्त गरेका छन । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पु¥याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालाई आज सम्मान गर्दै ।प्रधानसेनापति क्षत्रीले चुनौतीपूर्ण आरोहणको कीर्तिमानबाट नेपाललाई विश्वमा पहिचान गराउने आरोहीको महत्वपूर्ण भूमिकाको सराहना पनि गरे ।
    पूर्वप्रधानसेनापति एवम् ट्रस्टका अध्यक्ष रुक्माङ्गत कटवालले नेपालको स्वतन्त्रता र अविभाज्यतालाई सूर्यचन्द्र रहेसम्म कायम गर्न सबै नागरिक लाग्नुपर्नेमा जोड दिए। शेर्पाले गत जेठ ६ गते सगरमाथाको चुचुरामा पुगेर तस्बिर झन्डा फहराएका थिए । उनले यससहित १६ पटक आरोहण गरिसकेका छन ।
    कार्यक्रममा हिउँचितुवाका नामले विश्वभर परिचित १० पटकसम्म बिनाअक्सिजन सगरमाथाको सफल आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही आङ्रिता शेर्पालाई गिनिज बुक अफल वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको थियो ।