हाँस्य कलाकार किरण केसी जन्मदिन, भब्य भयो कार्यक्रम ( फोटो फिचर )

arjun ८ वर्ष अघि
  • न्युज बैंक नेपाल, काठमाडौ । हाँस्य कलाकार किरण केसी जीवनको चार दशक कलाकारितामा बिताएका उनको आज ६० औँ जन्मदिन परेको छ । हाँस्य कलाकार किरण केसी उर्फ राता मकै, चिकेन चिल्ली असार १५ गते ६० वर्षमा प्रवेश गर्दैछन् । नयाँ बानेश्वरको ईन्द्रेणी फुडल्याण्डमा उनको जन्मदिन विशेष कार्यक्रमको आयोजना गरिएको छ । किरण केसी जति  लाईटमा आउँछन् त्यति नै उनको परिवार मिडियाबाट टाढै रहन्छ । केसी तीन सन्तानका पिता हुन् भने चार नातिनातिनाका हजुरबुवा ।

    4E0A7116

    4E0A7101

    4E0A7128

    4E0A7005

    4E0A7001

    4E0A6990
    नेपाली चलचित्र क्षेत्रका बरीष्ठ कलाकार, पत्रकार एवम समाजसेवी हरुको समुपस्थितीमा भब्यरुपमा आयोजना गरिएको जन्मदिन बिशेष कार्यक्रममा चलचित्र क्षेत्र, गायन, तथा पत्रकारिता गरेका केही मुर्धन्न ब्यक्तीहरु लाई सम्मान पनि गरिएको थियो ।

    कार्यक्रममा बोल्दै के सि भने, “यो कार्यक्रम कुनै पनि नाम कमाउने वा नम्बर १ हुनका लागि गरिएको होइन, मेरो जन्मदिनमा बिभिन्न क्षेत्रका श्रस्टाहरु लाई बोलाएर सम्मान गर्न लागेको हुँ, कुनै प्रकारको स्वार्थको लागि होइन, बिगत ५-७ बर्ष अघी देखीकै योजन अनुरुप मेरी श्रीमती सिता केसीको सहयोगमा आज मेरो ६० औ जन्मदिनको अवसर परेर यो कार्यक्रम गरेको हुँ” अन्यथा नलिन आग्रह गर्दछु ।4E0A7083

    4E0A7054

    4E0A7039

    4E0A7024

    उनले ६० औँ जन्मदिनमा हाँस्यकलाकार रमेश केसी उर्फ मट्टारे, रंगपत्रकार विजय रत्न तुलाधार, म्युजिक भिडियो निर्देशक राज केसी, लोकगीतकर्मी रामप्रसाद खनाल, वरिष्ट टेलिभिजनकर्मी लय संग्रौलालाई नगद रु १०,००० र तामपत्रले सम्मानित गरेका छन् । श्रष्टालाई सम्मान गर्ने भएकै कारण पनि किरणको जन्मदिन अरु कलाकारको भन्दा पृथक हुने गरेको छ ।