राईको नेतृत्वमा ‘वीमन इरा मिडिया ग्रुप’को स्थापना

arjun ८ वर्ष अघि
  • काठमाण्डौ,१८ असार। सञ्चारकर्मी एवं सर्जक प्रतिमा राईको नेतृत्वमा ‘वीमन इरा मिडिया ग्रुप’को स्थापना गरिएको छ । महिला सशक्तिकरणको उद्देश्यले स्थापित उक्त ग्रुपको लोगोको गत बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । बिभिन्न क्षेत्रका बिशिष्ट महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सर्जकद्वय उषा शेरचन, मोमिला जोशी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले संयुक्त रूपमा ग्रुपको लोगो सार्वजनिक गरेका हुन ।

    woman

    लामो समयदेखि पूर्वको प्रमुख शहर धरानमा रहेर ‘वीमेन इरा मासिक’ पत्रिका प्रकाशन÷सम्पादन गर्दै आएकी राईले बिशेषगरि यस गु्रपमा राजधानीमा सक्रिय महिला सञ्चारकर्मी र सर्जकलाई समेट्ने जानकारी दिईन । साथै उनले सञ्चारमार्फत समाजमा सुचना÷खबरदारी गरी महिलाको जीवन उकास्ने, सिप, शिक्षा, गीत÷सङ्गीतको प्रवद्र्धनका लागि आफुहरुले काम गर्ने बताईन ।

    p3

    सो अवसरमा आयोजित कवि गोष्ठीमा सर्जकहरू उषा शेरचन, मोमिला जोशी, प्रतिमा राई, विमला तुम्खेवा, रमा घिमिरे, सविता श्रेष्ठ ‘वेहोसी’ र मन्दिरा कोइराला लगायत बाह्र जनाले कविता, मुक्तक वाचन गरेका थिए ।