संविधान संशोधन गर्ने सरकारको तयारीप्रति एमालेको आपत्ति ,निर्वाचनको समिक्षासहितको प्रतिवेदन बुझाउन जिल्ला कमिटीहरुलाई निर्देशन

arjun ८ वर्ष अघि
  • काठमाण्डौ,२६ असार ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।सोमबार धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको हो । बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्ने आफूहरुसँग भएको सहमति विपरित सरकार तथा सत्तारुढ काँग्रेस÷एमाले अघि बढेको आरोप समेत लगाएको छ । चुनाव अघि नै संविधान संशोधन गर्ने सरकारको तयारी मान्य नहुने निर्णय लिइएको पार्टीका उपाध्यक्ष भीम रावलले जानकारी दिए । एमालेले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेको दावी गर्दै पारित हुन नदिने अडान लिँदै आएको छ ।

    स्थानीय तह दोस्रो चरणको निर्वाचनको समिक्षासहितको प्रतिवेदन १५ दिन भित्र पार्टीमा बुझाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ । सम्बन्धित जिल्ला कमिटीले बुझाएको प्रतिवेदनको आधारमा निर्वाचनमा अन्तरघात भएको पाइए कार्वाही गर्ने निर्णय गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही जिल्लामा पार्टी भित्रकै अन्तरघातका कारण चुनावमा हार व्यहोर्नु परेको बताए ।एमालेले सरकारले स्थानीय तह तेस्रो चरणको निर्वाचन अघि स्थानीय तहको संख्या बढाए मान्य नहुने अडान पनि दोहो¥याएको छ ।