कौटिल्य ज्ञानः यी दुई गल्ती गर्दा मानिसको पतन हुन्छ

NepalOm ५ वर्ष अघि
  • चाणक्य नीतिको १२औं अध्यायको सोह्रौं श्लोकमा त्यस्तो दुई गल्तीको बारेमा बताइएको छ, जसबाट कोही पनि मानिसको पूरा जीवन नै खराब हुन्छ ।

    चाणक्य नीतिमा आचार्य कौटिल्य भन्छन्, ‘हरेक मानिस यी दुईवटा गल्तीबाट बच्नुपर्छ । जो मानिस कुनै सोचविचार नगरी केही समयको सुखको पछि लागेर केही पनि काम गर्छ, त्यस्ता मानिसबाट बचेर रहनुपर्छ ।’

    चाणक्य नीतिको श्लोकले भन्छ-

    अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः।

    आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति ।।१९।।

    चाणक्य नीतिको यो श्लोकमा भनिएको छ- हमेशा सोच विचार गरेर मात्र कुनै काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोचविचार खर्च गर्ने मानिस अनाथ हुन्छ । एउटा यस्तो समय आउँछ, जतिबेला बाट यस्ता मानिसहरुलाई कसैले पनि साथ दिँदैन । यस्ता मानिसले जीवनको ठूलो भाग एक्लै बाँच्नुपर्छ ।

    दोस्रो गल्तीका बारेमा चाणक्य नीतिमा भनिएको छ-

    झगडालु तथा सबै जातिका स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्ति पनि सीघ्र नष्ट भएर जान्छ । यसको अर्थ हो कि अनावश्यक खर्च गर्ने मानिस, जसको कोही पनि आफ्नो हुँदैन । जो झगडालू स्वभावको हुन्छ र युवतीको पछि लागिरहन्छ, यस्तो मानिस पनि छिट्टै विनाशतिर जान्छ ।