
काठमाडौंको नार्गाजुन हिल्समा रहेको ओशो तपोवनको एक सवारीमा अज्ञात समुहले आगजनी गरिदिएको छ ।
सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा २ क २१४७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।
तपोवनले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ –
‘आगजनी गरिएको सो क्षेत्रमा तपोवनको रिसेप्सन अफिस, र्जोर्वा रेष्टुरेन्ट, साधकहरु रहने आवासीय कक्ष तथा भण्डार कोठा र सो भण्डार कोठामा भरिएका २ सयभन्दा बढी ग्यास सिलिण्डर समेत रहेकोले सिंगो तपोवनमा ठूलो क्षति हुनबाट जोगिएको छ ।’
अहिले तपोवनमा चलिरहेको ध्यान शिविरमा विश्वभरीका १३ भन्दा बढी राष्ट्रका २५० भन्दा बढी साधकहरु सहभागी छन।
