
मेष
यात्राको योग छ, बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ, काममा बाधा देखिन सक्छन्, तर नअत्तालिई हिम्मतका साथमा काम गर्न सके सफलता नै मिल्ने समय छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ ।
बृष
नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ ।
मिथुन
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुनेछ । नवीन रोजगारीको वा कुनै नयाँ व्यवसायको थालनी गर्न उत्तम समय छ । कुरा काट्नेहरू सक्रिय हुनसक्छन्, तर धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।
कर्कट
आज परसेवा र धार्मिक गतिविधिमा सक्रिय हुने दिन भएकाले शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हुनेछ । मनमा कुविचार आउन दिनु हुँदैन, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ ।
सिंह
कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन ।
कन्या
रमझम र मनोरञ्जनमा आकर्षण बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।
तुला
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । त्यस्तै झैझगडा र किचलोबाट टाढा रहनु राम्रो हुन्छ ।
बृश्चिक
आत्मबल बढ्ने समय छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।
धनु
दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ । सायंकालमा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ ।
मकर
बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ ।
कुम्भ
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ ।
मीन
आज तपाईंको राशिमा रहेको चन्द्रमा धनभावमा प्रवेश गर्दैछ, अब निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । नयाँ कामका लागि नयाँ अवसर आउनेछ । दैनिक कामकाजसमेत सजिलै सम्पन्न हुनेछन् ।