चन्द्रग्रहणको दिन मंगल, शनि, सूर्य र राहु आमनेसामने, यी राशिको प्रभाव बढी

Lok Bhatta २ वर्ष अघि
  • नोभेम्बर ८ अर्थात कार्तिक २२ गते चन्द्रग्रहण लाग्दैछ । पहिलो चन्द्रग्रहण १६ मे २०२२ मा भएको थियो । २२ गते, कार्तिक महिनाको पूर्णिमा पनि हो ।

    यो चन्द्रग्रहण धेरै देशहरुमा देखिने छ । सुतक बिहान आठ बजेबाट बीस मिनेटमा सुरु हुनेछ। यस समयमा धार्मिक वा शुभ कार्य हुनेछैन। धेरै राशिका मानिसहरुमा यसको प्रभाव पर्ने सम्भावना छ । यस चन्द्रग्रहणले कुन राशिलाई असर पार्छ भन्ने कुरा जानौँ ।

    यो राशिमा चन्द्रग्रहण लाग्नेछ

    वर्षको अन्तिम चन्द्रग्रहण मेष राशिमा लाग्नेछ ।

    चन्द्रग्रहणमा ग्रहहरुको स्थिति कस्तो रहनेछ ?

    चन्द्रग्रहणको दिन मंगल, शनि, सूर्य र राहु आमनेसामने हुनेछन् । यस अवस्थामा तुला राशिमा सूर्य, चन्द्रमा, बुध र शुक्रको योग बनिरहेको छ । यस बाहेक शनि कुंभ राशिमा पाँचौं भावमा र मिथुन राशिमा नवौं भावमा मंगलको संयोगले विनाशकारी योग बनाउँदैछ । चन्द्रग्रहणमा ग्रहहरूको यो संयोजन अशुभ मानिन्छ ।

    यी प्रभावित हुनेछन्

    वर्षको अन्तिम चन्द्रग्रहणले वृष, मिथुन, कन्या, तुला र वृश्चिक राशिमा बढी नकारात्मक प्रभाव पार्नेछ । यी राशिका व्यक्तिहरूको स्वास्थ्य, आर्थिक अवस्था, करियर र व्यापार आदिमा समस्या आउन सक्छ । त्यसैले यी राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्ने हुन्छ ।

    चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस ग्रहणको सुतककाल बिहान ८ बजेर ११ मिनेटमा सुरु हुनेछ । यसपछि कुनै पनि शुभ कार्य गर्नु हुदैन ।