कर्म गीताको एक महत्वपूर्ण नीति हो । कर्मबिना एक क्षण पनि रहन सकिँदैन । वर्णाश्रम धर्ममा निर्धारित कर्म गर्नु र व्यक्तिगत लाभको लागि नभएर लोककल्याणलाई महत्व दिएर कर्म गर्नु जस्ता विषयवस्तुको प्रतिपादन कर्मयोगमा गरिएको छ । गीतामा अन्य कुराहरूका अतिरिक्त कर्मयोगलाई बढी जोड दिइएको छ । कर्मवादी चिन्तनको उठान गर्नु गीताको प्रमुख लक्ष्य हो । अर्जुनको युद्ध विमुख र निराशावादी मनस्थितिबाट सुरु भएको गीता न्यायोचित युद्धलाई एक अपरिहार्य कर्तव्य ठानेर अर्जुन लड्न तत्पर भएको स्थितिबाट समाप्त भएको छ । यसको आशय राजा वा शासकलाई आफ्नो धर्म ९राजकीय० मा आकृष्ट गराउनु हो ।
आफ्नो कर्तव्यप्रति सधै दृढ रहने निर्देश गीताले गरेको छ । श्रीमद्भागवद्गीतामा दुई मार्गलाई अभिष्ट ठानिएको छ । ती मार्गमा ज्ञान योग र कर्मयोग पर्दछन् । कर्मयोगबाट पुनर्जन्म वा अन्य बन्धनबाट बाँधिनुपर्दछ भन्ने होइन । निष्काम कर्म सबै प्रकारका दोषबाट मुक्त छ । कर्ममा फलको आशा राख्यो भने दुःखको उत्पत्ति हुन्छ । तसर्थ निष्काम कर्मयज्ञ गर्नु बराबर हो । ज्ञानयज्ञले मानिस आफु वा ईश्वरमा सम्पूर्ण कुराहरू राख्न र महसुस गर्न सक्ने हुन्छ । यस्तो अवस्था प्राप्त गर्न निष्काम कर्म गर्नु आवश्यक हुन्छ ।