भाइटीकाको साइत मंगलबार बिहान ११: ५५ बजे

यमपञ्चक कार्त्तिक ८ गते शुक्रबारदेखि

NepalOm ५ वर्ष अघि
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

    काठमाडौं । ओम नेपाल न्युज । यस बर्षको भाईटीकाको शुभ साईत मंगलबार बिहान ११: ५५ बजे निस्किएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति समितिले भाइटीकाको साइत सार्वजनिक गरेको हो ।
    कार्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरेपनि साइत खोज्नेका लागि शुभ साइत दिइएको समितिले जनाएको छ ।
    यस वर्ष यमपञ्चक कार्त्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। कार्तिक ९ गते शनिबार काग तिहार परेको छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ । कार्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।।