काठमाडौं । ओम नेपाल न्युज ।
हाल नेपालमै ६ अर्ब बराबरको पुष्प व्यवसाय छ । तिहारका बेला झण्डै २५ लाख हाराहारीमा मालाको माग रहने र कुल मागको करिब ९५ प्रतिशत अर्थात् २२–२३ लाख माला नेपालमै उत्पादन हुने गरेको छ ।
करिब दुई लाख माला तिहारका लागि आवश्यक पर्छ । यसै मौकाको फाइदा उठाउँदै गैर पुष्प व्यवसायीले अवैध मालाको आयात गर्ने गरेको पुष्प ब्यवसायीहरु बताउछन ।
यो वर्ष नेपाली सयपत्री माला मिटरको ६० देखी ७० रुपैयाँ पर्छ । तर भारतीय बजारमा त्यही सयपत्रीको माला भारतीय ५ देखि ७ रुपैयाँ मात्र पर्छ । नेपालमा ल्याउँदा भन्सार, ढुवानी लगायत सबै खर्च कटाउदा पनि जम्मा जम्मी १५ देखि २० रुपैयाँमा माला आउँछ । यसलाई सजिलै बजारमा ३०–४० रुपैयाँमा बेच्न सकिन्छ । यसमा व्यापारीहरुले राम्रै फाइदा लिन सक्छन् । तर नेपाली कृषकहरुले यो मूल्यमा आफ्नो उत्पादन बेच्च सक्दैनन् । यसले नेपाली उत्पादन र कृषक विस्तापित हुने खतरा बढ्छ छ ।