बढ्दै निर्यात, घट्दै व्यापार घाटा

NepalOm ५ वर्ष अघि
  • यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ। अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो।

    भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ। व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको खबर आजको कान्तिपुरमा छ।

    भारतसँग आयात घटेको र निर्यात बढेको छ। चीनसँग ने आयात बढेको र निर्यात घटेको छ।

    गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटाले व्यापार बेहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो।