राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–अर्चना

NepalOm ५ वर्ष अघि
  •  राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको मुख्य दिन शनिबार काठमाडौंस्थित गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

    नक्सालस्थित कमलपोखरी छठघाटमा गएर राष्ट्रपति भण्डारीले बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् ।

    शनिबारै उनले छठीमाईको आराधनाले झकिझकाउ बनेको गुह्येश्वरीस्थित वाग्मतीघाटमासमेत गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको मन्दिरमा पूजा–अर्चना गरिन् ।

    सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौं महानगरपालिकाका  मेयर विद्यासुन्दर शाक्यलगायतको उपस्थित रहेको थियो ।