धर्म गुरुमाथी यौन दुराचारको आरोप, २८ कोर्रा लगाइयो

NepalOm ६ वर्ष अघि
  • इन्डोनेसियामा विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै एक जना धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइएको छ ।

    व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने पुरुषले नै महिलासँग गैरकानुनी सम्बन्ध राखेको आरोपमा सार्वजनिक स्थानमै कोर्रा हानिएको बीबीसीले जनाएको छ ।

    घटनामा संलग्न महिलालाई पनि २३ कोर्रा हानिएको समाचारमा जनाइएको छ ।

    इन्डोनेसियाको आचे क्षेत्रमा इस्लामिक शरिया कानुन अनुसार उनीहरुमाथि कारवाही गरिएको अधिकारीहरुले जनाएका छन् ।

    समलिंगी सम्बन्ध र जवा खेल्नु पनि आचे कानुनविरुद्ध हुने हुने भन्दै सार्वजनिक स्थानमा कोर्रा लगाउने चलन रहेको आचे बेसार क्षेत्रमा उपप्रमुख हासेनीले जानकारी दिए ।

    पर्यटकीय क्षेत्रमा यौन गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

    ४६ वर्षीय धर्म गुरु सन् २००५ मा शरिया कानुन लागू भएपछि व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु रहेको बताइएको छ ।

    आचेमा काउन्सिलले स्थानीय सरकार र संसदलाई शरिया कानुन बनाउन र लागू गर्न सहयोग गर्छ ।(एजेन्सी)