सातै प्रदेशमा बनाइँदै ‘फरक’ विद्यालय

NepalOm ५ वर्ष अघि
  • अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन्। नमुना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय र कैलालीको राष्ट्रिय माविलाई छानेको छ।

    अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले परिभाषा गरेका १० किसिमका अपांगता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको खबर आजको कान्तिपुरमा छ।

    विद्यालय बनेपछि शारीरिक अपांगतका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन्।