छोरा जन्मिए अबीरजात्रा, छोरी जन्मिँदा सुनसान

NepalOm ६ वर्ष अघि
  • ८ मंसिर, कालिकोट । चार छोरी जन्मिँदासम्म परवारमा सुनसान थियो। छोरा नजन्मिँदा परिवार पनि खुसी थिएन। तर जब पाँचौं सन्तानका रूपमा जुम्लाको तातोपानी ४ निवासी गंगादेवी गौतमले छोरा जन्माइन्, तब परिवार र छिमेकीहरू बाजागाजासहित अस्पतालसम्मै पुगे। छोरा जन्मिएको खुसीयालीमा अबीर जात्रा नै भयो।

    यही खुसीमा गाउँले र आफन्तले भोज नै खाए। छोरा जन्मिएपछि गंगादेवीले पनि परिवारबाट माया पाउन थालिन्। कालिकोटको तिलागुफाका भक्तबहादुर बोगटीको जोडीले छोरा पाउने आशमा सात छोरी जन्माए। लगातार छोरी मात्र जन्मिएपछि यो परिवार निराश थियो। आफन्तले पनि छोरा नै जन्माउन दबाब दिइरहे। अन्ततः आठौं सन्तानमा छोरा जन्मियो।

    सात छोरी जन्मिँदासम्म खुसीयाली नमनाएको यो परिवारले छोरा जन्मिएपछि अबीर जात्रासँगै भोज नै दियो। छिमेकीले पनि छोरा जन्मिएकामा बोगटी परिवारलाई बधाई दिएका खवर अन्नपुर्णमा छ ।