
८ मंसिर, काठमाडौं । अनमोल केसी अभिनित फिल्मले मनग्ये व्यापार गरेका छैनन्, न त फिल्म र उनको अभिनयले नै तारिफ पाएको छ। तर यो समय सबैभन्दा डिमान्ड भएका हिरो उनै हुन्। उनलाई फिल्म खेलाउन निर्माता–निर्देशक मरिहत्ते गर्छन्, महंगो पारिश्रमिक बुझाउन तयार हुन्छन्।
तर अनमोलचाहिँ आफ्नै निर्णयमा टिकिरहेका छैनन्। जस्तो, उनले होम प्रोडक्सनको एन्टी–हिरो खेल्ने भन्दै वितरकबाट पैसा उठाइयो। तर केही समयपछि धुरौरेमा अनुबन्ध भए, एन्टी हिरोलाई थाती राखे।
धुपौरेको लोकेसन हेर्दै हिँडे। लगत्तै खबर आयो, उनले यो फिल्म पनि छाडे, स्क्रिप्ट मन नपरेको भन्दै। त्यसो भए स्क्रिप्ट नपढी खेल्न तयार भएका थिए? सवाल उठ्छ नै। धुपौरेलाई धोका दिएपछि ए मेरो हजुर ४ खेल्ने खबर आजको नेपाल साप्ताहिकमा छ। यस्तो अस्थिर व्यवहारले साखमा धक्का लाग्छ भन्ने हेक्का अनमोललाई होला?