ओशो जन्मोत्सवमा कम्युनिष्ट नेताहरुको आध्यात्मिक अभिब्यक्ती (फोटो फिचर )

NepalOm ५ वर्ष अघि
  • ओम नेपाल न्युज ।काठमाण्डौं ।
    सद्गुरु ओशोको ८८औं जन्मदिवसको अवसरमा ओशो तपोवनले एक भव्य कार्यक्रमको आयोजना गर्यो । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, नेकपाका प्रवत्ता नारायण काजी श्रेष्ठ, कांग्रेस नेता रमेश लेखक, उद्योगी विरेन्द्र महतो लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।


    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालले कम्युनिष्टहरु आध्यात्मिक हुँदैनन् भन्ने कुराको खण्डन गर्दै आफु भूमिगत राजनीतिमा हुँदा देखि नै दैनिक एक दुई घण्टा नियमित योगाभ्यास ध्यान गर्ने गरेको स्मरण गर्नुभयो । अहिलेको समयमा पनि हरेक कामहरुमा सफलता गर्नका लागि मन र मस्तिष्कलाई ताजा बनाइराख्ने एक मात्र विकल्प ध्यान भएको बताउनु भयो । अन्धविश्वासलाई अन्त्य गर्ने र धर्ममा तर्कलाई प्रोत्साहन गर्ने आध्यात्मिक गुरु ओशो भएको समेत नेता नेपालले बताउनु भयो । एक प्रसंगमा बोल्दै उहाँले अहिले संचार माध्यममा आए जस्तो भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुलाई भेट्ने समय नदिएको भन्ने कुरा निराधार भएको बताउदै स्वास्थका कारणले अहिले भेट्ने वातावरण नबने पनि निकट भविष्य मै मोदीसँग भेट गरी नेपालको तर्फबाट वार्ता गर्ने उहाँले खुलासा गर्नुभयो ।


    कार्यक्रममा बोल्दै नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले हरेक कम्युनिष्ट नेताहरु संन्यासी हुनु पर्ने तर्क गर्दै नेताहरुले वैज्ञानिक ध्यानको प्रयोग गरी आफुलाई रुपान्तरण गर्नु पर्नेमा जोड दिनुभयो । ओशो यो शताब्दी कै सबैभन्दा क्रान्तिकारी आध्यात्मिक चिन्तक भएको भन्दै नेता श्रेष्ठले योग, ध्यान, अध्यात्म र सांसारिक जीवनको समिश्रणबाट मात्रै समाज र राष्ट्र परिवर्तन गर्न सकिने बताउनुभयो ।


    जन्मोत्सव कार्यक्रममा बोल्दै शहरी विकाश राज्यमन्त्री रामवीर मानन्धरले ओशोका जीवनका बहुआयामिक पक्षको चर्चा गर्दे अहिलेको समयमा उहाँको दर्शन अझ सान्दर्भिक हुँदै गइरहेको बताउनुभयो ।

    त्यस्तै कार्यक्रममा अर्का वत्ता नेकाका नेता रमेश लेखकले ओशो मुमेन्टको केन्द्र नेपाल हुँदै गइरहेको उल्लेख गर्दै नेपालमात्र होइन संसार भरी नै यसलाई फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्वामी आनन्द अरुणको प्रशंसा गर्नुभयो । पूर्विय दर्शन र भौतिकवादलाई समानान्तर रुपमा लिएर जान सके हरेक व्यक्ति खुसी र सुखी हुन सक्ने उहाँको तर्क थियो ।


    स्वामी आनन्द अरुणको सभापतित्वमा भएको कार्यक्रममा सबैलाई धन्यवाद दिदै उहाँले ओशोका विविध पक्षमाथि प्रकाश पार्नुभयो । तपोवन अघोषित रुपमा ओशो मुमेन्टको हेडक्वाटर बन्दै गइरहेको भन्दै उहाँले हाल नेपालमा १०३ वटा ओशोका ध्यान केन्द्र र आश्रमहरु रहेको र तपोवन कै अगुवाईमा विश्वभर १ सय भन्दा बढी ध्यान केन्द्रहरु खुलिसकिएको जानकारी दिनुभयो ।
    ओशो जन्मदिनको भव्य समारोहमा उपस्थित सयौं दर्शकहरुलाई हास्य कलाकार मनोज गजुरेल तथा राजा राजेन्द्र हास्य प्रस्तुति मार्फत मनोरञ्जन दिलाएका थिए । धर्म, धर्मगुरु, राजनैतिक व्यक्तित्व र समाजमा व्याप्त विकृति माथि उनीले दिएको प्रस्तुतिले सबैलाई पेट मिचिमिची हसाएको थियो ।



    https://www.facebook.com/Om-Nepal-%E0%A5%90-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-219231061977167/

    https://www.facebook.com/swamianandarun/videos/451272572477533/

    Photo – Ma Sanju / Osho Tapoban