देशभर महाशिवरात्रीको रौनक,पशुपतिनाथमा दर्शनको लागी चार बाटो

NepalOm ५ वर्ष अघि
  • काठमाडौं । महाशिवरात्रीको अवरमा सुक्रबार बिहानै देखी देशभका शिवमन्दीरहरुमा भक्तजनको भिड लागेको छ ।

    महाशिवरात्रिमा सबैभन्दा धेरै भिड हुने काठमाडौंको पशुपतिनाथ मन्दीरमा यस पटक दर्शनका लागि आज सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा(राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड(दक्षिणामूर्ति(रुद्रगाडेश्वर(बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

    चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । यस दिन प्रकृतिलेनै मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा समेत ब्याख्या गरिएको पाईन्छ ।
    आजको दिन शिवको वरिपरि घुमेको छ , शिव ति भगवान जस्को आकार छैन्, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जस्को रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ति शिवको विशेष अनि प्रिय दिन हो आज ।


    शिव तत्व

    शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, आजको आधूनीक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतबाट आउँछ त्यसैमा विलिन हुन्छन् भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टीलाई एउटा दृष्टान्त दिईनैरहेको छ । विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरु अनि जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरुपहरुमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वकारुपमा ब्याख्या गरिन्छ । यिनै तत्वहरुबाट हामी सबै निर्मित छौं, ब्रहमाण्डका यि सम्पूर्ण स्वरुपको एउटै श्रोत भगवान शिव हामी सामु अनेक स्वरुपमा छन् ।

    यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरु, पलाएका पालुवादेखि छरिएको बिजले माटोमा अङ्कुरण गर्ने स्वरुपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिती छ । धर्म अनुसार नाम फरक होला, ब्याख्या फरक होला तर शिवतत्वका सृजनाकारुपमा हामी रहेका छौं । के बालक के वृद्ध अनि के वयस्क रु आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरु भरिएका हुन्छन्, हामीमध्य धेरैले शिवलाई गाँजा भाँङ धतूरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रुपमा अपब्याख्या या अल्पब्याख्या गरिरहेका हुन सक्छौं तर शिवका यि सम्पूर्ण बानीभित्र सृष्टी अनि समाजको गहिराई लुकेको छ ।

    शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए, त्यहि यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँजहाँ बिसर्जन भए त्यहाँत्यहाँ शक्तिपीठहरूको उत्पति हुँदैगयो ।

    आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुकालागि भने आज शिव भगवान पर्वतको रुप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रीको रातलाई अचल अनि निर्भय रात्रीकारुपमा पनि लिइन्छ । योगी अनि साधकहरुकालागि शिव भगवान नभईकन एउटा आदिगुरु हुन् जसले योगशिक्षा सप्तऋृषिहरुलाई औपचारीक अनि दस्तावेजकारुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरु आज संसारभरि स्वस्थ्य रहनकालागि धेरैले अनुशरण गर्नेगर्दछन् ।

    संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सँच्चा मान्छे हुन अहम त्यागेर त्यागी बन्न सकौं । गाँजा भाँङ अनि धतूरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौं, यो शिवरात्रिमा रिस, राग अनि अहंकारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कदैजाँऔ