काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रलाइ सुन्दर बनाउनको लागी पशुपति क्षेत्र बिकास कोष ले यो बर्ष फुलहरूको अति सुन्दर सजावट पाशुपत क्षेत्र भित्रनै गर्यो । सुक्रबार शिवरात्रीको दिन पशुपति पुग्ने जो कोहीलाइ फुलको सजावटले बेग्लै अनुभुती दियो नै , पशुपति नपुग्नेहरूले पनि बिभिन्न माध्यम बाट त्यस्को मज्जा लिए । तर एक रातमै कथाले नयाँ मोड लियो, शनिबार उज्यालो हुदा थाहा भयोकी ति मनमोहक सजावट मध्य मान्छेको हात पुग्ने जतीको ठाँउका फुलहरू गायब भै सकेका थिए । धार्मिक स्थलमा अधार्मिक काम भइ सकेकाे थियाे भने बाँदर भन्दा पनि तल गिरे सकेका थिए मानिस ।
बाँकी फोटो बोल्छ