काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध लड्न लकडाउन प्र्रभावकारी भएकोले यो तत्काल नहटने बरु अरु लम्बिने संकेत गर्नुभएको छ ।
साथै प्र्रधानमन्त्रीले सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको समेत प्र्रष्ट पार्नुभएको छ ।
सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताउनुभयो ।
शनिबार विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्नु भएको थियो ।
संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै प्र्रमलेले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताउनु भएको थियो ।
सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई उहाले निर्देशन समेत दिनुभएको छ ।
भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएका थिए ।