नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२, रेड जोनमा २ सय ६ जना

NepalOm ५ वर्ष अघि
  • काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ पुगेको छ ।पर्सा जिल्लाको वीरगञ्जमा तीनजना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    संक्रमण देखिएका ३७, ४४ र ५५ वर्षीय पुरुषहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

    पर्सा जिल्लाको वीरगञ्जमा तीनजना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको छ । मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङका लागि टोली परिचालन गरिसकेको जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पीसीआर प्रविधिबाट ४ हजार २० जनाको नमुना परीक्षण गरिएको छ भने काठमाडौँबाहिर १ हजार ६४ जनाको परीक्षण गरिएको छ । त्यस्तै, ¥यापीड डायगोनिस्टिक टेस्ट आरडीटी प्रविधिबाट कोभिड १९ को ३ हजार ३२१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । योसँगै कूल ८ हजार ५०५ जनाको परीक्षण गरिएको छ ।

    हाल क्वारेन्टाइनमा ९ हजार ९७३ जना रहेका छन् भने आइसालेसनमा ८५ जना रहेका छन् । रेड जोनमा २ सय ६ जनालाई राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको ।