
काठमाडौं ।
बिहिबार नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोवार भयो ।
यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजोको तुलनमा प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
बिहीबार कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ बढेपछी बजारमा सुन किन्नेको उपस्थिती भने शुन्य जस्तै छ ।
दैनिक १५ लाखको सुन कारोबार गर्ने पसलले बिहेको लगनकै बेलामा पनि मुस्किलले दुई लाखको कारोबार गरेको ब्यवसायीहरु बताउछन ।