काठमाडौं ।
नेपाल, नेपालको सरकार र आफै माथी भारतीय सञ्चार माध्यमले दिईरहेका समाचार पुरै झुठ भएको भन्दै सत्तारुढ दल नेकपाका नेता एव प्रवक्ता नारायण काजी श्रेष्ठले गम्भिर आपत्ती जनाएका छन ।
श्रेष्ठले आज बिहिबार मात्रै दुई पटक टुईट गरी बकवास बन्द गर्न भारतीय सञ्चार माध्यमहरुलाई चेतावनी दिएका छन ।
श्रेष्ठको टुईट
भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मेडियाले प्रचार गरेको समाचारप्रति मेरो गँभीर ध्यानाकर्षण भएको छ।आए,नआएको सरकारले स्पष्ट पार्न सक्ला।तर म सगँ भेटेको भन्ने पुरै झुठ हो।खवरदार ।
भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।