भानुभक्त -कविता

NepalOm ४ वर्ष अघि
  • एस् पौडेल ।

    १८७१ मा जन्म भयो, तनहुँको चुम्दी रम्घा गाँउमा ।

    मलाई पनि जाउँ जाउँ लाग्यो, तिम्रै जन्म ठाउँमा ।।

    घाँसीबाट प्रेरणा पाइ, बन्यौ आदीकवि ।

    तिम्रो हरेक कृतिमा देख्छु, सरस्वतीकै छवि ।।

    संस्कृतबाट रामायणलाई नेपालीमा रुपान्तरण गर्यौं ।

    घाँसीको सानो जीवनलाई गम्भीरतापूर्वक लियौं ।।

    बन्यौ तिमि नेपालकै महान, घाँसीलाई बनाइ उदाहरण ।

    भानु तिम्रो हरेक कृतिलाई, गर्छु आत्मैदेखि सम्मान ।।

    साहित्यको धनी तिमि, नेपालीको एक चम्किलो तारा ।

    आदिकवि भानु तिम्रो जयजयकार गर्छौं हामी नेपाली सारा ।।

    दौरा सुरुवाल, ढाका टोपी तिम्रो पहिचान ।

    आदिकवि भानुभक्त नेपालीको सान  ।।