विवेकानन्दका १० प्रेरणादायी वाणी जस्ले ल्याउनेछ सकरात्मक परिवर्तन

NepalOm ४ वर्ष अघि
  • महान दार्शनिक तथा सन्त स्वामी विवेकानन्दको केही भनाइ यस्ता छन् जसले हामी सबैलाई प्रेरणा दिन्छन् । आज हामी स्वामीविवेकानन्दको १० महान र प्रेरणादायी वाणी तपाईंसमक्ष पस्कन गइरहेका छौं । आशा छ यि वाणीले तपाईंको जीवनमा सकरात्मक परिवर्तन ल्याउने छ  :-

    १ आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।

    २ ब्रम्हाण्डको सबै शक्ति हामीभित्र छ। तर हामीले आफ्ना आँखा आफ्नै हातले ढाक्छौं अनि संसार निकै अन्धकार रहेछ भनेर गुनासो गर्छौं ।

    ३ सिक्ने र अनुभव बटुल्ने कार्यलाई जीवनभर निरन्तरता दिनुहोस् किनकी अनुभव नै सबैभन्दा ठूलो गुरु हो ।

    ४ हामीले कहिल्यै पनि अरुको निन्दा गर्नु हुँदैन । यदि कसैलाई सहयोग गर्न सक्नुहुन्छ भने सहयोग गर्नुहोस् । यदि सहयोग गर्न सक्नुहुन्न भने अञ्जुली जोडेर आर्शीवाद दिनुहोस् र अगाडि बढ्न प्रेरित गर्नुहोस् ।

    ५ यदि कसैले तपाईंलाई गाली गर्छ भने बदलामा आर्शीवाद दिनुहोस् । किनकी गाली गर्ने मानिसले तपाईंको झूठो दम्भ देखाएर तपाईंलाई नै मद्दत गरिरहेका छन् भनेर बुझ्नुपर्छ ।

    ६ ज्ञान आफैंमा वर्तमान हो । मानिसले त केबल ज्ञानको आविष्कार मात्रै गर्न सक्छ ।

    ७ जबसम्म तपाईंले आफैंलाई विश्वास गर्नुहुन्न तबसम्म तपाईंले भगवानप्रति विश्वास गर्न सक्नुहुन्न ।

    ८ हामीले जति बढी अरुको भलाइ गर्छौं, त्यति नै हाम्रो आत्मा शुद्ध हुन्छ र हाम्रो आत्मामा परमात्माको बास हुन्छ ।

    ९ तपाईंले भित्रैदेखिनै आफूलाई विकसित गर्नपर्छ । कसैले पनि तपाईंलाई ज्ञानी बनाउन सक्दैनन् । कसैले पनि तपाईंलाई आध्यात्मिक बनाउन सक्दैनन् । आत्मा नै तपाईंको सर्वश्रेष्ठ गुरु हो।

    १० कहिलेकाहीं मन र दिमागबीच अन्तर्विरोध वा टवराव हुने गर्छ । यस्तो अवस्थामा मनको कुरा नै सुन्नुहोस् ।